Skin_Hospital_Dhn

सगरमाथा जलविद्युतको स्थानीय बासिन्दाहरुले आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौंं ।
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि पहिलो पटक स्थानीयका लागी खुल्ला गरेको आईपीओमा म्याद थपेर माघ २६ गतेसम्म पुर्याइएको थियो ।

म्याद थप गरेकोमा माग अनुसारको आवेदन नपरेपछि निष्काशन अवधि पुनः थप गरेको हो । अब आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावितका लागि निष्कासन गरिने आईपीओमा ईलाम जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलबाट अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् ।

सम्बन्धित
Loading...