Skin_Hospital_Dhn

क्रिकेट विश्वकप लिग–२ः नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोज्यो

काठमाडौँ ।
विश्वकप लिग–२ क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शीर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल सुरु भइसकेको छ ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि विकेट नगुमाइ नाभिबियालाई पराजित गरेर शीर्षस्थानमा उक्लिएको थियो । तीन खेल अगावै स्कटल्याण्ड लिग समूहको शिर्ष स्थानमा छ।

सम्बन्धित
Loading...