
धनगढी: ग्लोबल आईएमई बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई आर्थिक सहयोग गरेको छ।
बैंकले नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमूना विद्यालयका बालिकाहरूको पोशाकका लागि आर्थिक सहयोग गरेको हो। बैंकले नगर प्रमुख शैक्षिक सुधार कोषमा पाँच लाख रकम हस्तान्तरण गरेको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा अहिलेसम्म विभिन्न संघ सस्थाबाट ४५ लाख ६३ हजार २५० रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ।
