Skin_Hospital_Dhn

कञ्चनपुरबाट लागु औषधसहित चार जना पक्राउ

कञ्चनपुर ।
कञ्चनपुरमा लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिकाबाट एक जना र भीमदत्त नगरपालिकाबाट तिन जना गरी चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो (बिहीबार) साँझ इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्लाको कृष्णपुर नगरपालिका ४ किचाई बस्ने ५० वर्षीय बलवीर भट्टको खुद्रा पसलमा संकालागि चेकजाँच गर्दा ४१ ग्राम लागु औषध चरेस फेला पारी निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसै गरी हिजो (बिहीबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका ३ भासी स्थित कोठा भाडा गरी बस्ने बेदकोट नगरपालीक १० का १९ वर्षीय बिवेक बोहराको साथबाट ३.५६ ग्राम लागु औषध चरेस र ०.१४ ग्राम लागु औषध खैरो हेरोइन सहित बिबेक बोहरा सँगै रहेका अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...