Skin_Hospital_Dhn

भन्सार छलिका सामान सहित २ जना पक्राउ

कञ्चनपुर ।
भन्सार छलीको सामान सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलीको सामान सहित २ जनालाई पक्राउ गरेका हुन् ।

सिमानाका स्थित विभिन्न स्थानहरूबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेका कोकाकोला, डिउ, बोईलर कुखुरा, अण्डा, सुर्ती, साइकल र बच्चाका खेलौना गरी अन्दाजी ३७,३००।– रुपैयाँ बराबरको सामान सहित २ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धित
Loading...