काठमाडौँ ।
सि.सं. २९ का तालिमरत ९२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न भएको छ ।
सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड एण्ड स्टाफ सि।सं। २९ का तालिमरत ९२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको आज ९शुक्रवार० अवलोकन भ्रमण सम्पन्न भएको हो ।
अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले स्वागत मन्तव्य व्यक्त गर्दै भ्रमण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए। उनले सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्रहालय समेतको अवलोकन गरे । अवलोकन पश्चात् आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दीप शमशेर राणाले नेपाल प्रहरीको परिचय, विकास क्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरणका साथै उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै सङ्गठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढङ्गले यसको निरन्तरता हुने बताए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गरेको उक्त कार्यक्रममा सेनानी दिल बहादुर गुरुङले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।
तालिमरत अधिकृतहरूमा ३ जना महिला र ८९ जना पुरुषको सहभागिता रहेको थियो । जसमध्ये अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, केन्या र नाइजेरियाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।