Skin_Hospital_Dhn

परराष्ट्र सचिव लम्सालले गरिन् मोदीसँग शिष्टाचार भेट

काठमाडौँ: परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। शुक्रबार नयाँ दिल्लीमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन लम्साल दिल्ली गएकी हुन् ।

बिहीबार सुरू भएको दुई दिने कार्यक्रमका क्रममा लम्सालले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी हुन्। यसअघि बिहीबार सचिव लम्सालले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

सम्बन्धित
Loading...