
धनगढी: कैलालीको धनगढीमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि छोटो दूरीको मैत्रीपूर्ण दौड सम्पन्न भएको छ।
शनिबार धनगढीको कबर्डहलमा प्रादेशिक स्वास्थ्य प्रवद्धन केन्द्र धनगढीको आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा मैत्रीपूर्ण दौड सम्पन्न भएको हो।


प्रदेशसभा सदस्य, महिला र पुरुषले मैत्रीपूर्ण दौडमा भाग लिएका थिए। माननीयहरूको दौडमा निर्मला साउँद प्रथम, डम्मरी महरा द्वितीय र खेमादेवी विष्ट तृतीय भए। उनीहरूले प्रमाणपत्र पाए।
पुरुष दौडमा नवीन ढकाल प्रथम, भुवन जोशी द्वितीय र नवीन चौधरी तृतीय भएका छन्। महिलाहरूको दौडमा कोपिला कुँवर प्रथम, जयन्ती गिरी द्वितीय र अमृता भट्टराई तृतीय भएको आयोजकले जनाएको छ।
मैत्रीपूर्ण दौडमा प्रथम हुनेलाई साइकल र प्रमाणपत्र, द्वितीयलाई बास्केटबल र प्रमाणपत्र तथा तृतीयलाई फुटबल र प्रमाणपत्र प्रदान गरिएको छ। कार्यक्रममा सुदूरपश्चिमका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओमविक्रम भाट, शिक्षा, युवा तथा खेलकुदमन्त्री लक्ष्मी विकलगायतको उपस्थिति रहेको थियो।
