Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित तिन जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित तिन जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका ३ भासीबाट जिवन शर्मा, शुक्लाफाँटा नगरपालिका ८ बाट राई भान ठगुन्ना र करन जप्रेल लागूऔषधसहित हिजो (शनिवार) पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त ३ भासी स्थित सोही ठाउँ बस्ने जिवन शर्माको घर कोठामा शंका लागी रितपूर्वक खानतलासी गर्दा निज सुत्ने कोठाको फ्रिज माथि रहेको प्लास्टिकको गमलामा लुकाई छिपाई राखेको अवस्थामा ०.२४ ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र ५ थान SPASMO- TAD लेखिएको क्याप्सुलसमेत फेला पारी आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ सहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा ८ स्थित सोही ठाउँ बस्ने ६४ वर्षीय राई भान ठगुन्नाले सञ्चालन गरेको खुद्रा पसलमा शंका रितपूर्वक खानतलासी गर्दा चाउचाउको पेटी भित्र लुकाई छिपाई राखेको अवस्थामा ४३.१३ ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ फेला पारि पक्राउ गरेको र शुक्लाफाँटा८ मणिकाधामबाट सोही ठाउँ बस्ने २२ वर्षीय करन जप्रेललाई शंका लागि चेकजाँच गर्दा ५.१८ ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...