Skin_Hospital_Dhn

महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौँ ।
विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट देवाही गोनही नगरपालिका—५ टिकुलियाका २२ वर्षीय हरिहर प्रसाद यादवलाई हिजो ९बिहीबार० प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको बहिनी समेत भएको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख दिने गरेको घटनामा संलग्न रहेका हरिहर प्रसादलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोग लिई
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी गराएको छ ।

हरिहर प्रसाद विरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...