कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३ कुसमघाटबाट विकास सेरचन लागूऔषधसहित पक्राउ परेका हुन् ।
भजनी नगरपालिका–३ कुसमघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा टिकापुर नगरपालीका–१ ब्लक नम्बर १३ बस्ने २४ वर्षीय विकास सेरचनलाई ९३० मिलिग्राम लागूऔषध सहित प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।