बसको ठक्करबाट कञ्चनपुरमा पैदलयात्रीको घटनास्थलमै मृत्यु
कञ्चनपरः बसको ठक्करबाट कञ्चनपुरमा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका– ७ का ५२ वर्षीय मोहन खडकाको बसको ठक्ञ्चकरबाट मृत्यु हो ।
कार्की कटान स्थित वडा कार्यालय अगाडी अत्तरियाबाट शान्तिपुरतर्फ जादै गरेको ना ५ ख ३४९१ नम्बरको बसले सोही ठाउँ शान्तिपुर बस्ने पैदल यात्री खडकालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक सोही ठाउँका २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।