Skin_Hospital_Dhn

कञ्चनपुरबाट अन्दाजी ३,८०,०००।– रुपैयाँ बराबरको भन्सार छलिका सामान बरामद

धनगढी ।
कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ । आज (शुक्रवार) दिउसो जिल्लाको भीमदत्त नगरपालिका ४ बसपार्कबाट अन्दाजी ३,८०,०००।– रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका ४ बसपार्कबाट भन्सार छली ल्याई राखिएका जिम गर्दा प्रयोग गरिने अन्दाजी ३,८०,०००।– रुपैयाँ बराबरको ९५ थान लेदरको बेल्ट बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको छ ।

सम्बन्धित
Loading...