Skin_Hospital_Dhn

युरोकपको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्ड भिड्ने

काठमाडौँ: युरोकप फुटबलको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ। स्पेन सेमिफाइनलमा फ्रान्स तथा नेदरल्याण्ड्स इंग्ल्याण्डलाई हराएर फाइलनमा पुगेका थिए।

स्पेन पाँचौँ र इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछन्। स्पेनले अहिलेसम्म तीनपटक युरोकपको उपाधि जितेको छ। इंग्ल्याण्ड भने सन् २०२० मा उपविजेता बनेको थियो।

यी दुई टोली अहिलेसम्म २७ पटक आमने सामने भएका छन्। जसमा स्पेनले १३ पटक जितेको छ भने इंग्ल्याण्डले १४ खेल जितेको छ। त्यस्तै ३ खेल बराबरीमा सकिएका छन्।

सम्बन्धित
Loading...