Skin_Hospital_Dhn

छोटो दूरीको मैत्रीपूर्ण दौडमा धनगढीकी कोपिला प्रथम, पाइन् साइकल

धनगढी: कैलालीको धनगढीमा सम्पन्न नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि छोटो दूरीको मैत्रीपूर्ण दौडमा कोपिला कुँवर प्रथम भएकी छिन्।

शनिबार धनगढीको कबर्डहलमा प्रादेशिक स्वास्थ्य प्रवद्धन केन्द्र धनगढीको आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा भएको मैत्रीपूर्ण महिला दौडमा कुँवर प्रथम भएकी हुन्।

महिलाहरूको दौडमा जयन्ती गिरी द्वितीय र अमृता भट्टराई भइन्। प्रथम हुने धनगढी-४ की कुवँरलाई साइकल पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा द्वितीय हुनेलाई बास्केटबल र प्रमाणपत्र तथा तृतीयलाई फुटबल र प्रमाणपत्र प्रदान गरिएको छ।

प्रादेशिक स्वास्थ्य प्रवद्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिमका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओमविक्रम भाट, शिक्षा, युवा तथा खेलकुदमन्त्री लक्ष्मी विकलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...