दौलतपुर घाटबाट लागु औषधसहित एक जना पक्राउ

धनगढी ।
दौलतपुर घाटबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका ५ दौलतपुर घाटबाट आज ९शुक्रवार० दिउसो एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

टिकापुर नगरपालिका ५ दौलतपुरघाट बस्ने २८ वर्षीय रामचन्द्र चौधरिलाई ३३ ग्राम ३०० मिलिग्राम लागु औषध (खैरोहेरोईन) जस्तो देखिने धुलो पदार्थसहित प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी जानकारी गराएको छ ।

पक्राउ परेका रामचन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...