Skin_Hospital_Dhn

प्रज्ञा प्रादेशिक प्रतिभा सम्मानबाट कलौनी सम्मानित

धनगढीः कृष्णपुर नगरपालिका–२ कञ्चनपुरका उद्घोषक केपी कलौनी ‘प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका छन्। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले २११औँ आदिकवि भानुजयन्तीको अवसरमा शनिबार धनगढीमा आयोजित समारोहमा कलौनीलाई सम्मानित गरेको हो।

विगत दुई दशकभन्दा लामो समयदेखि उद्घोषण कला क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगाएवाफत प्रतिष्ठानले कलौनीलाई सम्मानित गरेको हो। उनलाई अभिनन्दन पत्र प्रदान गरिएको छ।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले प्रदान गरेको प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान २०८० प्राप्त गर्दा गौरन्वान्भित महसुस गरेको कलौनी बताउँछन्। ‘यस सम्मानका लागि योग्य ठानेर मलाई सम्मानित गर्नुभएकोमा सुदुरपश्चिम प्रज्ञा–प्रतिष्ठान र सुदुरपश्चिम प्रदेश सरकारलाई हार्दिक आभार प्रकट गर्दछु,’ उनले भनेका छन्, ‘विशेष गरी सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति आदरणीय विद्वान डा. टीएन जोशी दाइ र मलाई माया गरी यहाँसम्म पुर्याउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोता महानुभावहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु।’

कलौनी यहाँ आयोजना हुने विभिन्न मेला महोत्सवमा उद्घोषक गर्छन्। आफ्नो उद्घोषण कलाबाट उनले हजारौँ दर्शकको मन जित्न सफलसमेत भएका छन्। जस कारण उनी‘प्रज्ञा प्रादेशिक प्रतिभा सम्मान २०८०’ बाट सम्मानित भएका हुन्।

समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सरकारकी संस्कृतिमन्त्री माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले उनलाई दोसल्ला, टीका र मालाले सम्मानित गरेका थिए।

सम्बन्धित
Loading...