
काठमाडौं: नेकपा (एमाले) का तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको बताइएको छ। उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए।

उनको शपथ भोलि ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ। ओलीको यो प्रधानमन्त्रीको रूपमा चौथो कार्यकाल हो।
