Skin_Hospital_Dhn

डुबान मुक्त अभियानमा सघाउनेलाई मेयर हमालले गरे धन्यवाद ज्ञापन

धनगढी ।
मेयर हमालले डुबान मुक्त गर्ने अभियान अन्तर्गत २ मिटर चौडा नाली निर्माण गर्न दिनुहुने जग्गाधनी एवं टोलवासीहरू प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गरेका छन् ।

उप—महानगरपालिकाबाट धन्यवाद ज्ञापन पत्र जारी गर्दै मेयर हमालले पानी निकासाका लागि २ मिटर चौडा नाली निर्माण गर्न दिनुहुने जग्गाधनी एवं टोलवासीहरू प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गरेका हुन् ।

“डुबान मुक्त गर्ने अभियान अन्तर्गत धनगढी उप—महानगरपालिका वडा नं.२ का नवदीप टोलका बासिन्दा सँग छलफल गरी समाधानका लागि अस्थायी रूपमा जग्गाधनीहरूको जग्गाबाट पानी निकासाका लागि २ मिटर चौडा नाली निर्माण गर्न दिनुहुने जग्गाधनी एवं टोलवासीहरू प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु,” ज्ञापन पत्रमा भनिएको छ । “डुबान समस्या समाधानका लागि सम्पूर्ण नगरवासीले आ—आफ्नो क्षेत्रबाट योगदान गर्न हुन हार्दिक अपिल गर्दछु ।”

 

सम्बन्धित
Loading...