Skin_Hospital_Dhn

ब्याजदर घटाउनु पर्ने माग सहित कैलाली उद्योग वाणिज्यले अर्थमन्त्री पौडेललाई ज्ञापन

कैलाली । ब्याजदर घटाउनु पर्ने लगायतका माग सहित कैलाली उद्योग वाणिज्य सङ्घले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

 

उद्योगी व्यवसायीहरू मारमा परेको र उनीहरुका समस्या समाधान गर्न माग गर्दै आज उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्प कुवरले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

कैलाली उद्योग वाणिज्य सङ्घमा आयोजना गरेको एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले पछिल्लो समय व्यवसायीहरू समस्या र मार्का बारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

उनले बैङ्कले बढाएको ब्याजदर घटाउनु पर्ने र किस्ता समय पनि हेरफेर गर्नु पर्ने माग अर्थमन्त्रीलाई राखे ।

 

कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार व्यवसायीहरूको समस्या समाधान गर्न लागि परेको बताएका थिए ।

उनले सरकार उद्योगी व्यवसायीहरूसँग उनीहरुका समस्याहरू हल गर्ने बिषयमा छलफल गरिरहेको समेत जनाएका छन् । उनले भने ‘म समस्या सुन्छु र के गर्न सकिन्छ भनेर सोचिरहेको छु’ ।

Loading...