
काठमाडौं: नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले अपहरण गरी बेपत्ता बनाएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको खोजी गरिने बताएकी छन्।

सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएकी हुन्। यसअघिका परराष्ट्रमन्त्री एनपी साउद र नारायणकाजी श्रेष्ठले पनि जोशीको खोजीमा पहल गरेका थिए। तर दुवै मन्त्रीले विपिनको अवस्था पत्ता लगाउन सकेनन्।

अब नयाँ परराष्ट्रमन्त्री राणाले पनि हमासले इजरायलमा आक्रमण गरेपछि अपहरण गरि बेपत्ता विपिनको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताइन्।
कृषि अध्ययन गर्न इजरायल पुगेका विपिनको अहिलेसम्म अवस्था खुल्न सकेको छैन। गाजा क्षेत्रलाई इजरायली सेनाले करिब ध्वस्त बनाइसक्दा पनि विपिनसहित अपहृत डेढ सय बढीको अवस्था खुल्न सकेको छैन।
