Skin_Hospital_Dhn

धनगढी उपमहानगरको ‘एक वडा एक खेल मैदान’ कार्यक्रम कार्यान्वन

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले ‘एक वडा एक खेल मैदान’ कार्यक्रम कार्यान्वनमा ल्याएको छ । धनगढीमा खेल क्षेत्रको विकास र विस्तारका लागि उपमहानगरले यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

आजबाट सुरु भएको चालु आर्थिक वर्ष २०८१र८२ को नीतिअनुसार खेलकुद क्षेत्रको विकासका लागि सो ग्रासरुट लेभल कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । उपमहानगरपालिकाले वडा नम्बर १६ को प्रस्तावित नमुना विद्यालय श्री बेहडाबाबा माध्यमिक विद्यालयलाई ध्यानमा राखेर ग्रासरूट फुलबल खेलका लागि खेल मैदान बनाउने काम हिजो (सोमबार) देखि सुरु गरेको छ ।

खेलकुद सम्वन्धि कार्यक्रमहरुलाई व्यवस्थित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उपमहानगरको गौरव अभिवृद्धि गर्ने खेलाडीलाई सम्मान गर्ने योजना उपमहानगरले बनाएको छ । ग्रासरुट लेभलबाटै खेलाडीहरु उत्पादन गर्न सरोकारवालाहरुसँगको सहकार्यमा ग्रासरुट लेभल खेलकुद विकास कार्यक्रम सञ्चालन गरिने उपमहानगरको योजना छ ।

उपमहानगरले खेलकुद विकासका लागि ग्रासरुट लेभल कार्यक्रम कार्यान्वनमा ल्याइसकेको छ । एक वडा एक खेलमैदान नीतिअनुसार यस्तो कार्यक्रम उपमहानगरका १९ वटै वडाभित्र सञ्चालन हुने गरी नीति तथा कार्यक्रम बनाइएको छ । खेलाडी उत्पादनका लागि उपयुक्त खेलमैदान आवश्यक पर्ने विषयलाई ध्यानमा राखेर उपमहानगरले यस्तो कार्यक्रम बनाएको हो ।

सम्बन्धित
Loading...