Skin_Hospital_Dhn

चलचित्र जातीय भेदभाव भाग–२ निर्माण हुने

धनगढीः चलचित्र जातीय भेदभाव भाग–२ निर्माण हुने भएको छ। सुदूरपश्चिममा व्याप्त छुवाछूतलगायतका विषयवस्तु आधारित जनचेतनामूलक चलचित्र निर्माण हुन लागेको हो।

चलचित्रमा जातीय विभेद, रोजगारीका लागि विदेशिएका नागरिक तथा फोहरमैलाले गर्ने असरलगायतका विषय उठान गरिएको कलाकार अमृत थापाले जानकारी दिए। उनले भने, ‘सुदूरपश्चिममा जातीय विभेद अझै व्याप्त छ। अन्तरजातीय प्रेमका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ। पढेका कुरा किताबमात्रै सीमित हुन थाले। व्यवहारमा लागू हुँदैनन्। त्यसैले यो संस्कार मानवहितका लागि छैन् भन्ने सन्देश चलचित्र मार्फत दिन खोजिएको छ।’

उनका अनुसार करिब आठ लाख लगानीमा चलचित्र निर्माण हुने अनुमान गरिएको छ। उनले भने ‘छायांकनका लागि रकम अभाव छ। कसैले सहयोग गर्न चाहे सहयोगका लागि अपील पनि गर्न चाहान्छ।’ चलचित्रको निर्देशन सञ्जीभ खड्काले गर्नेछन्।

सम्बन्धित
Loading...