
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाले फूलबारी–धनगढी, चौराहा–सहिद गेट–क्याम्पस रोडमा बस सेवा सञ्चालन गर्न लागेको हो ।
बस सञ्चालनका लागि उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको छ। नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको हो।

नगर बसका रुपमा चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना निकालिएको छ। वार्षिक न्यूनतम ठेक्का मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार तोलिएको छ। बस सेवा सञ्चालनको ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई बोलपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ।
