काठमाडौँ ।
नेपाल आज नामिबियासँग भिड्दैछ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग—२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दुई खेलमा जित निकालेकाले तेस्रो खेलमा पनि सोही लय कायम राख्ने लक्ष्यमा रहेको छ।
आज (शनिबार) बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा सुरु हुने खेलमा नामिबियासँग दोस्रो र समग्रमा तेस्रो खेलमा जित निकाल्ने प्रयास गर्ने छ।
बुधबार नामिबियालाई हराएको नेपालले शुक्रबार स्कटल्याण्डलाई हराएको थियो।
नामिबिया भने जारी सिरिजमा जितविहीन रहेको छ । तेस्रो खेलमा पहिलो जितको प्रयासमा रहेको नामिबिया नेपाल विरुद्ध पहिलो जितको खोजिमा रहेको छ।
पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग हार भोग्न बाध्य भएको थियो ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौँ स्थानमा रहेको छ। नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल शीर्ष पाँचमा रहनका लागि जारी सिरिजका सबै खेल जित्न चाहन्छ।
