
काठमाडौँ ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज (शनिवार) हुने नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ।

हिजो नेपालले त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्दै स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो।
लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालले एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ । जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।
