Skin_Hospital_Dhn

करेन्ट लागेर कैलालीमा एक महिलाको घटनास्थलमै मृत्यु

धनगढीः करेन्ट लागेर कैलालीमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका-२ बघनियाकी ४० वर्षीया लक्ष्मी जैसीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। जैसीले घरमा पोछा (सरसफाई) लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित
Loading...