

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-७ मोतीचोकबाट सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राना र २६ वर्षीय रामकृष्ण राना हिजो (बुधवार) पक्राउ परेका हुन् ।
नरेशले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ३५९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही मोटरसाइकलमा पछाडि सवार रामकृष्णको साथबाट ८० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला पारी दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी मोटरसाइकलसहित दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।
