Skin_Hospital_Dhn

चितवन–२ उपनिर्वाचनः राजनीतिक दल दर्ताका लागि आव्हान

काठमाडौँ ।
चितवन–२ मा आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपश्चात रिक्त रहेको चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनका लागी दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सूचित गरिन्छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ।

सम्बन्धित
Loading...