Skin_Hospital_Dhn

शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबार नगरपालिकामा शोक बिदा दिएको छ। नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको निधन भएपछि शुक्लाफाँटाले शोक बिदा दिएको हो।

हिजो भएको मोटरसाइकल दुर्घटनामा उनको निधन भएको थियो। कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ।

सम्बन्धित
Loading...