

काठमाडौं: काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
९२ वर्षीया श्रेष्ठको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित थिइन्। श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।
