धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१५, कनरीमा रहेको जनजागृति आधारभूत विद्यालयले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले मंगलबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।
आँप, लिची, अम्बा, सलिफा, निम, गोल्डमोर, अमला, ज्याक्रेटालगायतका बिरुण रोपिएको विद्यालयका शिक्षक लक्ष्मण टमटाले जानकारी दिए। उनका अनुसार विभिन्न संघसंस्था तथा व्यक्तिहरूले दिएका बिरुवाहरू रोपिएको हो।
बिरुवा उपलब्ध गराउने संस्था तथा व्यक्तिलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ। विद्यालयलाई धनगढी उपमहानगरपालिकाले ५० बोट आँप, धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले आँप, लिची, अम्बा, सलिफा, निम, गोल्डमोर, अमला, ज्याक्रेटा गरी २०० बोट बिरुवा दिएका थिए।
यस्तै, कान्तिपुर नर्सरीका सुरेश विकले १५ बोट (आँप, लिची, कागती), सब डिभिजन वन कार्यालय स्याउलेले १५ बोट गोल्डमोर र अमला उपलब्ध गराएको शिक्षक टमटाले जानकारी दिए। उनका अनुसार २८० वटा बिरुवा रोपिएको हो।
यस्तै, ज्योति आयल स्टोर कनरीले ५६ वटा, बेहडाबाबा सटिङ सुटिङ, हसनपुरले २०, सुदूरपश्चिमाञ्चल एकाडेमी सन्तोषी टोलले २०, एडुपल धनगढीले १३, रामसिंह अटो रिपेयरिङ स्टोर्स धनगढीले १८ वटा टिसर्ट उपलब्ध गराएका थिए।
यसैगरी आरम्भ स्टेसनरी धनगढीले १७ वटा, फ्रेन्डसिप गार्मेन्ट, धनगढीले ११, एसडिसी ट्रेडर्स, कनरीले १०, स्टाफ प्रालि धनगढीले ६ र ज्ञानु सपिङ सेन्टर कनरीले ५ वटा टिसर्ट दिएको थियो।