Skin_Hospital_Dhn

ब्रम्हर्षि गौरीशंकराचार्यलाई वेदान्त दर्शनमा विद्यावारिधि उपाधि

धनगढीः विगत ३५ वर्षदेखि भारतको दिल्लीमा रहेर आध्यात्मिक क्षेत्रमा क्रियाशील नेपाली स्वामी श्री १००८ जगदाचार्य ब्रम्हर्षि गौरीशंकराचार्यले जर्मनको हिसेन इन्टरनेसनल युनिवर्सिटीबाट बेदान्त दर्शनमा विद्यावारिधि गरेका छन्।

उनलाई हालै भारतको कर्नाटक राज्यमा रहेको विश्वविद्यालयको शाखामा जर्मनी भीसीले विद्यावारिधि उपाधि प्रदान गरेका छन्। सुदूरपश्चिमको डोटी पूर्वीचौकीका स्वामी गौरीशंकरले यसअघि तीन विषयमा स्नातकोत्तर गरिसकेका छन्।

गोदावरी महाकुम्भ २०७२ का संरक्षकसमेत रहेका स्वामी गौरीशंकरले दिल्लीको आध्यात्मिक जगतमा आफ्नो प्रभाव फैलाउँदै गएका छन्। भारतको सन्त समाजले उनलाई जगदाचार्य र ब्रम्हर्षि उपाधि प्रदान गरिसकेको छ।

सम्बन्धित
Loading...