काठमाडौं: शीर्षक्रमका ब्याटर सूर्यकुमार यादव भारतको नयाँ टी-२० कप्तान बनेका छन्। भारतले श्रीलंकासँग हुने तीन टी-२० आई सिरिजको लागि सूर्यकुमारको कप्तानीमा टोली घोषणा गरेको हो।
भारतले श्रीलंका भ्रमणमा समान तीन ओडीआई र टी-२० आई सिरिज खेल्दै छ। दुई साता अघि आईसीसी टी-२० विश्वकप २०२४ को उपाधी जितेसँगै कप्तान रोहित शर्माले टी-२० आईबाट सन्यास लिएका थिए।
रोहितले छोडेपछि हार्दिक पान्ड्या, सूर्य, शुभमन गिल कप्तानको दाबेदार थिए। हार्दिक विश्वकप जित्दाका उपकप्तान थिए। तर गिललाई उपकप्तान बनेका छन्। ओडीआईमा भने रोहित शर्माले निरन्तरता पाउनेछन्| भारत र श्रीलंकाबीच तीन खेलको टी-२० आई सिरिज २७,२८ र ३० जुलाईमा हुनेछ। तीन ओडीआई सिरिज २ , ४ र ७ अगस्टमा कोलम्बोमा हुनेछ।
सूर्यकुमारको कप्तानीमा भारतले गत नोभेम्बरमा अस्ट्रेलियासंग पाँच खेलको सिरिज ४-१ ले जितेको थियो। दक्षिण अफ्रिकासँग तीन खेलको सिरिज १-१ को बराबरी भएको थियो।
टी-२० आई टोली : सूर्यकुमार यादव( कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद सिराज।
ओडीआई टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान) विराट कोहली, श्रेयस अय्यर, रियान पराग, ऋषभ पन्त, केएल राहुल, हर्षित राना, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदिप यादव, अर्शदिप सिंह, खलिल अहमद र मोहम्मद सिराज।