

धनगढीः कैलालीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–३ कुसमघाटबाट टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोइन) सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
