Skin_Hospital_Dhn

प्रतिनिधिसभा सदस्य अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने

धनगढी ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जना कैदीको सजाय माफी गरिदिएपछी सोही सूचीमा कैलाली कारागारमा रहेका चौधरीलगायत चारजनाको नाम समावेश रहे संगै उनि रिहा हुने भएका हुन् ।

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा छन् ।
कारागार स्रोतका अनुशार १० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी गरेको छ । जिल्ला कारागारमा रहेका सातजनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चारजनाको मात्रै सजाय मिनाहा भएको हो ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भने भएको थिएन ।

सम्बन्धित
Loading...