Skin_Hospital_Dhn

सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं: साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

आज सुन तोलामा २००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो। महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सम्बन्धित
Loading...