
धनगढी: बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ गइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ। शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो।

सबैभन्दा पछाडि रहेको उक्त यात्रु बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन सकेन। पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो। तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन।

मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सुदूर पहाडमा पनि पहिरोको उच्च जोखिम यथावत छ।
