Skin_Hospital_Dhn

राष्ट्रपति निर्वाचनका लागि आयोगले तयारी गर्दै, महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकियो

काठमाडौं ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गर्दै आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको छ ।

पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।

निर्वाचन अधिकृत पौडेल पाटन उच्च अदालतका न्यायाधीश रहेका हुन । राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ।

नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । मतदान स्थलमा दुई वटा केन्द्र रहने छन् । सहायक प्रवक्ता भुसालले राष्ट्रपति चुनावमा मतदान गर्न योग्य मतदाताको सूची सङ्घीय संसद् र सातवटै प्रदेशको प्रदेश सभा सचिवालयबाट प्राप्त भएको जानकारी दिए । तालिका अनुसार आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

मतदानका लागि आउँदो १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ।

सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।

सम्बन्धित
Loading...