
धनगढी । धनगढीका एक सुनचाँदी व्यापारी पक्राउ परेका छन्। धनगढी चौराहस्थित बुडर सुनचादी गहना पसलका सञ्चालक सन्तोष सुनारलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

भारतको कर्नाटकमा चोरी गरेको उनलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार प्रहरीको विशेष समूहले उनलाई पक्राउ गरेको हो।

उनी अहिले जिल्ला प्रहरीको थुनुवा कक्षमा छन्। भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो।
