Skin_Hospital_Dhn

शिव परियारको ‘धोखेबाज’ गीतको भिडिओले फ्यानहरू निराश !

धनगढी: गायक शिव परियारको आवाजमा रहेको नयाँ गीत ‘धोकेबाज’ दुईदिन अगाडि सार्वजनिक भयो। रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर रहेको छ।

मजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको अभिनय छ। मान कृष्ण महर्जनले खिचेको भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका छन्। उक्त भिडिओलाई लिएर शिव परियारका फ्यानहरू निराश भएका छन्।

‘यति मिठो गीतले यस्तो अत्ति खालको नृत्यको स्टेप माग्छ जस्तो लाग्दैन’ एक समर्थकले कमेन्ट गरेका छन्। उक्त भिडिओमा आश्मा निकै बोल्ड देखिएकी छन्। एक अर्का फ्यान भिडिओमा कमेन्ट गर्दै लेख्छन्, ‘यो डान्स त अति नै भयो हजुर यति साह्रो त नगरौँ न।’

  

धेरै समर्थकहरूले शिव परियारको अहिलेसम्मकै लोदर गीत र नाच भएको टिप्पणी गरेका छन्। ‘शिव परियारजस्तो गायकबाट यस्तो अपेक्षा थिएन’ एक समर्थकले कमेन्ट गरेका छन्। ‘गीत एकातिर डान्स भिडिओ अर्को तिर पैसाको नास’ भनेर समेत समर्थकहरू टिप्पणी गर्न भ्याएका छन्।

केहीले भने गीत र नृत्य राम्रो भएको प्रतिक्रियासमेत जनाएका छन्। तर अधिकांश फ्यानहरूले भने भिडिओको तालमेल गीतसँग नमिलेको प्रतिक्रिया दिएका छन्। भिडिओमा अंग प्रर्दशन गरेको समेत आरोप दर्शकहरूले लगाएका छन्। एक फ्यानले कमेन्ट गर्दै लेखेकी छिन्, ‘अंग प्रर्दशन होला सायद। गीत एकातिर अभिनय अर्कोतिर।’ यस्ता भिडिओले किशोरावस्थाका केटाकेटीहरूलाई असर पर्ने देखिन्छ।

हेर्नुस् भिडिओ-

सम्बन्धित
Loading...