अबैंध काठ र ५ वटा मोटरसाइकलसहित एक युवक पक्राउ
अबैंध काठ र ५ वटा मोटरसाइकलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका १ डाडाविचुवाबाट अबैंध काठ र ५ वटा मोटरसाइकलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो (शनिवार) राति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोली र लालझाडी सब डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले लालझाडी गाउँपालिका १ डाडाविचुवाबाट पुनर्वास नगरपालिका २ बस्ने २७ वर्षीय विशाल तामाङलाई २८.१८ क्यु फिट बराबरको सालको र ५ वटा मोटरसाइकलसहित पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
विशाल तामाङलाई आवश्यक कारबाही तथा थप अनुसन्धानको लागी लालझाडी सब डिभिजन बन कार्यालयमा पठाएको बताइएको छ ।