
धनगढीः कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-१० घुइया घाट जय गुरु गणेश इट्टा भट्टीमा काम गर्ने राम मिलन राना, राजेश राना, राजेश राना र अर्जुन पार्कि लागुऔषधसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धनगढी-१० घुइयाघाट बस्ने ३० वर्षीय नबटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना, धनगढी-३ बडरा घर भई धनगढी-१० घुइया घाट बस्ने २४ वर्षीय सन्नि चौधरी र धनगढी-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट ६६० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
