Skin_Hospital_Dhn

बैतडीमा २१ वर्षीया सरस्वती मृत भेटिइन्

बैतडीः बैतडीमा एक युवती मृत भेटिएकी छन्।

जिल्लाको मेलौली नगरपालिका–७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट  हिजो (आइतबार) मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्ट आफ्नै घर नजिकैको मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

मृतक भट्ट मणिलेक माविमा ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत थिइन्। शवको हिजै पोष्टमाटम गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित
Loading...