धनगढी: मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ।
धनगढी उपमहानगरपालिका-१४ का बासिन्दाहरू नदि पार गरी घाँस काट्न गएकोमा सो नदिमा एक्कासि पानीको बहाव बढेपछि अलपत्र परेका थिए। उनीहरूको सशस्त्रको बीओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो।