Skin_Hospital_Dhn

चिसापानीमा चितुवाको छालासहित दुई जना पक्राउ

धनगढी ।
चितुवाको छालासहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर वि.क.लाइ प्रहरीले पक्राउ गरेको हो ।

विकले चलाएको से ५ प ८०३१ नम्बरको मोटरसाईकल पछाडी सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र बन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आज (आइतबार) दुवै जना पक्राउ पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...