
धनगढी: बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोका भाँचिदा खसेर एक महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार मंगलबार भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोका भाँचिदा खसेर महिला घाइते भएकी हुन्।

घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहरा रहेकी छन्। उनको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढीको माया मेट्रो अस्पताल ल्याइएको छ।
बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।
