Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेशबाट नेपालले आयातमात्र नभइ विद्युत निर्यात पनि गर्न पाउने

धनगढी ।
सुदूरपश्चिम प्रदेशबाट नेपालले आयातमात्र नभइ विद्युत निर्यात पनि गर्न पाउने भएको छ ।

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १००औं बैठकले सुदूरपश्चिम प्रदेशबाट नेपालले आयातमात्र नभइ विद्युत निर्यात पनि गर्न पाउने निर्णय गरेको हो ।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिबार टनकपुरबाट नेपालले विद्युत आयातमात्र गर्दै थियो । तर अब निर्यात पनि गर्न पाउने निर्णय गरेको छ ।

बैठकले टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनबाट अप्रिलबाट जुनसम्म ७० मेगावाट र जुलाईबाट मार्चसम्म ८० मेगावाट विद्युत् दुवैतर्फ प्रवाह गर्न सहमति दिएको जनाइएको छ।

बैठकमा शुक्रबार सम्पन्न २ देशबीचका सहसचिवस्तरीय संयुक्त कार्यदलले ऊर्जा गरेको सिफारिसमाथि छलफल भएको थियो।

‘यसबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्थित जलविद्युत् आयोजनाको विद्युत् बर्खाको समयमा भारतको केन्द्रीय प्रसारण प्रणालीमा निर्यातका लागि बाटो खुलेको छ,’ कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘साथै हाल रहेको प्रसारण लाइनको क्षमता विस्तार गर्ने या २०० केभीको नयाँ प्रसारण लाइन निर्माण गर्ने भन्ने बारे सम्भावित विकल्पहरु खोज्न संयुक्त प्राविधिक समूहलाई निर्देशन दिएको छ।’

नेपालले १३२ केभी तथा त्यसभन्दा कम क्षमताका प्रसारण लाइनमार्फत् भारतीय बजारमा विद्युत् निर्यातका लागि राखेको प्रस्तावमा भारतले अन्तरराज्य प्रणाली कारोबार भएको र प्रसारण शुल्क, चुहावट आदि विषय रहेकोले केन्द्रीय विद्युत् प्राधिकरणले भारतका निकायहरुसँगको समन्वयमा टुङ्गो लगाउने निर्णय भएको छ।

सम्बन्धित
Loading...