
धनगढी: कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका– १ बस्ने २० वर्षीय अमर गौतम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीले बैंकिङ कसुर मुद्दामा ३ लाख रुपैयाँ जरिवाना तोकेको थियो। तर, फरार रहेका अमरलाई मंगलबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट नियन्त्रणमा लिएर अदालतमा पेस गरिएको छ।
