
धनगढी ।
बैतडी समाज कैलालीले कैलालीले आज (आइतबार) प्रजातन्त्र दिवसको अवसरमा ९ औँ बृहत् रक्तदान महोत्सव गरेको छ ।
गेटा आँखा अस्पताल, नवजीवन अस्पताल र समृद्धि डेन्टलको सहकार्यमा “रक्तदान गरी पुण्य कमाऔँ, स्वास्थ्य निःशुल्क जाँच गरी स्वास्थ्य लाभ गरौँ“ भन्ने मूल नाराका साथ समाजले ९ औँ रक्तदान महोत्सव गरेको हो ।


बैतडी समाज कैलालीले आयोजना गरेको उक्त रक्तदान महोत्सवमा ८१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक राज बहादुर चन्दले बताए । उनले आज (आइतबार) बिहान ९ बजे देखी सुरु भएको रक्तदान कार्यक्रममा बेलुका ४ बजे सम्म ८१ जनाले रक्तदान गरेको जानकारी दिए ।
यस्तै, महोत्सवमा दन्त रोगका लागी समृद्धि डेन्टलले उक्त महोत्सवमा निःशुल्क परीक्षण एवम् परामर्श गरिरहेको थियो । नवजीवन अस्पताल प्रालीले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क ओपिडी, सुगर निःशुल्क गरेको थियो भने सुत्केरी सेवा तथा विभिन्न जाँचहरूमा विशेष छुटको व्यवस्था गरी उपचार गरेको थियो । यस्तै गेटा आँखा अस्पतालले निःशुल्क आँका शिविर गरेको संयोजक चन्दले बताए ।
समाजले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जना, दोस्रो पटक ८८ जना, तेस्रो पटक १ सय २२, चौथो पटक १ सय ३७, पाँचौँ पटक १ सय ७ जना, छैटौँ पटक ७७ जना, सातौँ पटक ७७ जना,आठौँ पटक ८५ र नवौँ पटकमा ८१ जना गरी जम्मा ८ सय ५१ जनाले हाल सम्म रक्तदान गरिसकेका छन् ।
उक्त शिविर चलिरहेकै बेलामा अत्तरिया स्थित पदमा अस्पतालमा रहेका तारा दत्त भट्टराई आफू बिरामी अवस्था रहेको र शरीरमा रगतका मात्रै कम भए पछि आफै शिविरमा आई रगत लगेको छन् ।
